काठमाडाैँ । तामाङ परिवार सेवा समाजले अपाङ्ग तथा वेसाहरा परिवारकालागि राहत वितरण गरेको छ ।
सारा खबरलाई निरा दोङले जानकारी दिए अनुसार संस्थाको सल्लाहकार तथा पूर्व डिएसपी चुडादेव सिं लामा, संयोजक निग्मा तामाङको लगाएतको उपस्थितिमा राहत वितरण गरेको थियो ।
ललिपुर जिल्ला दक्षिनकाली नगरपालिका वडा नं. सातको विकास गोले शारीरिकरुपमा अशक्त हुनुहुन्छ । उहाँलाई समाजले छयत्तर हजार सात सय विस आर्थिक सहयोग गरेको हो ।
लकडाउनको समयमा तीस केजीको ६८ बाेरा चामल साथमा नुन करिब सय परिवारका लागि वितरण गरेको थियो । यसैगरी कतारमा रहेको समस्यामा परेको नेपालीलाई ब्लड मनीका लागि विस हजार सहयोग गरेको छ ।
समस्यामा परेको कमल थिङले ब्लड मनी तिर्न नसकेर कतारको जेलमा कष्टदय जीवन विताई रहेको छ ।