काठमाडौँ / ३० असार ।
कान्ति बाल अस्पतालमा उपचाररत एक जना शिशुलाई कोरोना संक्रमण देखिएको छ ।
३४ दिने शिशुमा संक्रमण देखिएको अस्पतालका निर्देशक कृष्ण पौडेलले बताए।
उनका अनुसार पेटमा समस्याका कारण अपरेशन कुरिरहेको शिशु हो। संक्रमण देखिएपछि कोभिड-१९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालमा सारिएको छ ।
यो सँगै कान्तिमा ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।