काठमाण्डौ। सरकारले कोरोना भाइरस रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।
साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्याइएकाे हो तर माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।
सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई पनि ल्याउने छ ।
तर सीमा नाकाबाट हुने सामान्य आवागमनलाई भने सरकारले रोकेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।