काठमाडौं / १५ साउन ।
काठमाडौं प्रवेश गर्ने नाकामा संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नागढुंगा, फर्पिङ र साँगा नाकामा केही दिनयता ३ हजार ४७३ स्वाब संकलन गरि परीक्षण गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये २४ जनामा संक्रमण पुष्टि भएको हो ।