काठमाडौं । चिकित्सा शिक्षाा सुधारका अभियान्ता डा. गोविन्द केसीले आजबाट बस्ने भनेको अनसन १० दिन स्थगन गरेका छन्।
डा. केसीले ३ हप्ताको अल्टिमेटम दिँदै आइतबारबाट अनसन सुरु गर्ने चेतावनी दिएका थिए।
आइतबार डा केसीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारी, बाढी पहिरो जस्ता विपत्तिप्रति संवेदनशील हुँदै अनसनको कार्यक्रम १० दिनका लागि स्थगन गरेको जानकारी दिएका हुन्।
डा केसीले आफ्ना ४ बुँदे माग पुरा नभए १० दिनपछि पुन: अनसन सुरु गर्ने बताएका छन्।