काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २०५ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
त्यस्तै ,पछिल्लो २४ घण्टामा नेपालमा १,०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २८ हजार दुई सय ५७ पुगेको छ।