काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा काभ्रे, मोरङ, धनुषा, बाँके र कास्कीका १ –१ जना पुरुष रहेका छन् भने तनहुँकी एक महिला रहेकी छिन् ।
मृत्यु हुनेमा ६ जना पुरुष र एक महिला छिन् । तनहुँमा महिला र बाँकी जिल्लामा पुरुषको मृत्यु भएको गौतमले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १,०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २८ हजार दुई सय ५७ पुगेको छ।