पोर्चुगलको लिस्बनमा भएको २०२० को युइएफए च्याम्पियन्स लिगको फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलअन्तरले हराउँदै उपाधि जिते ।
निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको सो खेलमा दुवै टोलीले गोलको लागि धेरै प्रयास गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा बायर्नको लागि किङ्ग्सले कोमनले गोल गरे । उनले खेलको ५९ मिनेटमा किममिचको फ्री किक् पासमा हेडिङ मार्फत गोल गरे । उनले गरेको सो गोल नै निर्णायक बन्यो र अन्तत बायर्नले च्याम्पियन्स लिगको उपाधि जिते । खेलमा दुबै टिमले गोलका विभिन्न अवसरहरु सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेनन् ।
यस उपाधि जिते सँगै बायर्न म्युनिखले च्याम्पियन्स लिगको इतिहासमा ६ वटा उपाधि जितेको छ। बायर्नले सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो ।
यस सिजन बायर्नले घरेलु लिग, कप र च्याम्पियन्स लिग जिते सँगै इतिहासमै दोस्रोपटक ट्रेबल जिते । यसअघि म्युनिखले सन् २०१२/१३ को सिजनमा ट्रेबल पुरा गरेको थियो ।