काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने प्रक्रिया परिवर्तन गरेको छ ।
मन्त्रालयले लक्षण नभएका संक्रमितलाई अब भर्ना नगर्न देशभरका अस्पताललाई निर्देशन दिएको छ ।
लक्षण नभएका संक्रमितले अस्पतालका शय्या भरिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नु परेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नु परेको बताए ।
अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।
काठमाडौं लगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पताल शय्या अभाव हुन थालेको छ ।
यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने भएको हो ।