सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज ३ जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरूको बैठक बस्दै

काठमाडौं । उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न आज बैठक बस्ने भएको छ ।

तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरूको संयुक्त बैठक बस्ने भएको हो ।

पहिला आन्तरिक छलफल गर्ने तयारी भैरहेको र त्यसपछि बैठक बसेर निर्णय गर्ने ललितपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैठकले एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय लिनेछ ।

समीक्षाको आधारमा निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका मेयर फोरमले कोरोना सङक्रमण जोखिम कायमै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप्न सिफारिस गरेको छ ।

यसअघि भदौ ३ गतेराति १२ बजेदेखि लागू हुने गरी काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू गरिएको थियो । निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »