काठमाडौं । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित पक्राउ परेका छन् ।
उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।
उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
चोरीको आरोपमा पक्राउ परेका उनमा हिरासतमै कोरोना संक्रमण पुष्टि भएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।प्रहरीकाअनुसार उनी साइलक चढेर चितवनबाट नुवाकोट पुगेका थिए।