सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक हर्क दोङ र मोडल योसफ लामालाई माथि उठाउला त यो म्युजिक भिडियोले

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका ठुलो पर्सेलको पाखापखेरामा गीत गाउँदै गायक हुने इच्छा पालेका गायक हर्क दोङ कोरियाको लाहुरे भएर फर्के पछि त्यो सपना पुरा भएको छ ।

“सुनचाँदी झै किन्न पाए, माया पिरतीलाई” म्युजिक भिडियोमा सुमधुर आवाज दिन सफल गायक हर्क दोङको पहिलो म्युजिक भिडियो “मन पराउने मायालु” दर्शकले सार्वधिक रुपमा नरुचाए पनि धेर थोर चर्चा कमाउन सफल भएको थियो । त्यसैको हौसला स्वरुप भन्दा हुन्छ यो दोस्रो म्युजिक भिडियो “सुनचाँदी झै किन्न पाए माया पिरतीलाई”।

तामाङ समुदायमा विदेशबाट फर्केर आएपछि म्युजिक भिडियो निर्माण गर्ने एक प्रकारको फेसन नै छन् तर गायक हर्क दोङले त्यसलाई निरन्तरता दिएर गायन क्षेत्रमा नै निरन्तरता दिने संकेत दिएको छ ।

गायक हर्क दोङले डम्फु सेलो भन्दा नेपाली सांगीतिक क्षेत्रमा नै पाइला टेक्ने प्रयास गरेको देखिन्छन् । उनको यो दोस्रो गीत पनि सेलो टाइपको भन्दा आधुनि शैलीको तर सदाबाहर गीतको लयमा हिड्न खोजेको गीत सुन्दा र म्युजिक भिडियो हेर्दा प्रष्ट हुन्छ ।

तामाङ समुदायमा सांगीतिक लयले बाटो बिथोल्न थाल्दा यो म्युजिक भिडियोले बाटो देखाउन थालेको हो कि ? भन्ने जो कोहिलाई अनुभुति हुन सक्छ । म्युजिक भिडियो निर्माणको नाममा कतै विकृती तिर ढल्केको हो कि भन्ने आम तामाङ समुदायमा चर्चाको विषय हुन थालेको थियो ।
यो म्युजिक भिडियोमा मोडल योसफ लामाले शब्दले मागेको भुमिका निभाउन सक्दो प्रयास गरेको देखिन्छ । मोडल योसफ लामाको पनि यो दोस्रो म्युजिक भिडियो नै हो । साँच्चिकै रुपमा भन्ने हो भने यो म्युजिक भिडियोले मोडल योसफ लामा र गायक हर्क दोङको भविष्य कता जाँदै छ भन्ने र्निधारण गर्ने छन् ।

मोडल योसफ लामालाई यन्जी दोङले साथ दिएको छ । अहिलेको युवा पुस्ताको प्रेमकोबारेमा म्युजिक भिडियोको माध्यमबाट प्रष्टाउन खोजेको छ ।


हुन त अहिलेको युवा पुस्तामा साँच्चिकै देखावटी मायाको चर्चा धेरै सुन्न सकिन्छ ।

शब्द रचना साङ्गे ब्लोनको रहेको छ । युद्घ लामा ब्लोनलाई पनि यो म्युजिक भिडियोमा मोडलको भुमिकामा देख्न सकिन्छ ।


सन्देशः यो म्युजिक भिडियोले दिन खोजेको सन्देश के हो त ? एक पटक यो गीतको शब्दलाई सुन्ने प्रयास गर्रौ ।


पैसा सँग किनबेच हुँदो रैछ माया ।
आफ्नो पनि पराई हुँदो रैछ माया ।

महङ्गो रैछ माया पैसामा किन्नु पर्ने ।
साँचो माया पाउन बन्धकी बस्नु पर्ने ।

शब्द रचनाकारको क्षमता र दृष्ट्रिकोण बारेमा बोल्न त्यत्ति आवश्यक देख्दिन तर दर्शकहरुलाई नै मुल्याङ्कन गर्न हाम्रो बिनम्र अनुरोध छ ।


मोडल योसफ लामा र यन्जी दोङ्ग वास्तवमा तामाङ समुदायमा मात्र नभएर म्युजिक भिडियोका लागि अति भविष्य बोकेको कलकार हो भन्दा फरक नपर्ला । यो उहाँहरुको लागि तारिफ होइन तर उहाँहरुको अभिनय गर्न सक्ने क्षमता र कथा बस्तुलाई बुझेर भुमिका निर्भाह गर्ने प्रयास गरेको छ । यसले के सन्देश दिने छन् भने मोडल वा कलाकार हुनलाई मिलेको ज्यान भएर मात्र हुँदैन । अभिनय पनि सिक्नु पर्ने रहेछ भन्ने सन्देश दिएको छ ।

For Video

भर्खरै

सम्बन्धित खबर

Language »