काठमाडौँ । काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ३५० जना, भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज देशभर ९२७ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।