सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनासँगको युद्ध जितेकी युवतीको सामु नगर प्रमुख शर्माले रोक्न सकेन खुशीको आँशु

काठमाडौँ । काभ्रे नमोबुद्ध नगरपालिका वडा नं. ५ को अर्चना धितालले कोरोनासँगको युद्ध जितेको छ ।

पछिल्लो समयमा काभ्रेको विभिन्न गाउँपालिकाहरुमा कोरोना संक्रमित विरामीहरु देखिन थालेका छन् । नमोबुद्घ नगरपालिकामा पाँच जनामा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । अहिले पाँचै जना उपचार गरी घर फर्कि सकेको नमोबुद्घ नगरपालिकाको मेयर टि पी शर्माले सारा खबर र नमोबुद्घ न्युजलाई जानकारी दिनु भएको छ ।

धुलिखेल हस्पिटलबाट भदौ ११ गते बुधबार कोरोना भाइरसलाई जितेर घर फकेकी १७ वर्षीय युवती अर्चना धिताललाई १२ गते शुक्रबार दिउँसो नगर प्रमुख टि पी शर्मा र वडा नं. ५ का वडाध्यक्ष बुद्ध सिं तामाङ युवतीको घरमा भेट्न पुगेका थिए । उक्त टिममा सारा खबरका पत्रकार मिलन लामा दोङ र नमोबुद्ध न्युजको पत्रकार छेटुप तामाङ दोङ सहभागी थियो ।

हामी त्यहाँ पुग्दा कोरोनालाई जितेका युवतीले काग्रो काट्र स्वागत गरेको थियो भने उनकी आमाको आँखाबाट खुशीको आँशु रसाएको थिइन् । उनको आमाको आँखामा आँशु देखेपछि नगर प्रमुख शर्मा भावुक हुँदै आशु बगाउन थाले । केही सन्नाटा छाएको थियो ।

तपाई त भावुक हुनु भयो नि मेयर साप भनेर प्रश्न गर्दा उहाँले बताउनु भयो । “यो खुशीको आँशु हो । यो पिडाको आँशु होइन । यति सानो उमेरमा, केही गर्छु, नयाँ नयाँ सपना भुनेर जीवनको हरेक यात्रालाई सुनौलो बनाएर अगाडी बढ्ने समयमा कोरोनासँग जुत्नु पर्दा ति नानीलाई कति पिडा भएको थियो होला । तर उनीले युद्घ जिते आउनु भो । त्यसकारण यो खुशीको आँशु हो । यो जीत को आँशु हो ।”

नगर प्रमुख टिपी शर्माले कोरोनालाई जितेर आएको खुशीमा खादा लगाएर नगरको तर्फबाट टोक अफ लभ प्रधान गरेको थियो । यसरी छोरीको खुशीमा नगर प्रमुख र वडाध्यक्ष स्वयं उपस्थीत भएको देख्दा अर्चनाका आमा बुबाको आँखाबाट खुशीको आँशु बगी रहेको थियो ।
त्यहाँको वातावरणलाई साँच्चिकै भित्री आँखाले लेख्ने हो भने यो समाचार पढ्ने जो कोहीको पनि आँशु झर्ने छन् तर शब्दमा होइन भिडियोमा हेर्नका लागि हाम्रो विनम्र अनुरोध छ ।

याे समाचार तयार गरी रहदा नमाेबुद्द नगरपालिकाकाे एक कर्मचारीलाइ काेराेना पुष्टि भएकाे छ ।

For video

भर्खरै

सम्बन्धित खबर

Language »