सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौँको शंखमूलमा ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

काठमाडौँ। प्रहरीले आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ।

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत्त बानेश्वरको टोलीले काठमाडौं महानगरपालिका–३१ शंखमूल बस्ने ४० वर्षीय पुरुषलाई पक्राउ परेको हो।

आफ्नै छोरीलाई पटकपटक बलात्कर गरेको सूचनापछि पुगेको प्रहरी टोलीले मंगलबार राति ती पुरुषलाई शंखमूलबाट पक्राउ गरेको हो।

बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन्। त्यसक्रममा बलात्कार भएको खुलेको हो ।

उक्त बुबाले बिगत सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

पीडितको परिचय भने खुलाइएको छैन । पीडित बालिकाकी आमाले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका ती पुरुषलाई हिरातमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »