गजल
– चन्द्री मोक्तान “खुशी”
म मरुँ कि बाँचु प्यारा दुईमा एक चुनाउँछु ।
अतितमा मरणासन्न भ’को खबर सुनाउँछु ।
साेच्दै हाेला खुसी छे मलाई पीडा दिलाएर,
राेकी छु कि हाँसेकी एकै भेटमा गुनगुनाउँछु ।
मनदेखि मन साटेकाे थाहै छ नि दुनियाँलाई ,
महलमा हुँदै हैन प्रिया तिम्रै मनमा सुहाउँछु ।
आपत् बिपत् पर्दाखेरी सपनी मै आउने गर्नु,
सपनीमा रुँदै हाँस्दै मनकाे व्यथा भुलाउँछु
*********************