काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
यसरी काेराेना संक। मणकाे संख्या बृद्धि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।