सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरी को ड्रेस लगाएर सुटिङ गरे कार्वाही हुने

काठमाडौं: अब स्वीकृति नलिई नेपाल प्रहरीको पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग गर्न पाइने छैन। नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय, जनसम्पर्क तथा प्रचार–प्रसार इकाइले स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक, दर्ज्यानी चिह्न र मोनोग्राम प्रयोग नगर्न, नगराउन आग्रह गरेको हो।

बिहीवार एक विज्ञप्ति प्रकाशित गर्दे नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक कुवेर कडायतले चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो र टिकटकमा प्रहरीको पोशाक लगाएर भिडियो बनाउन नपाइने उल्लेख गरेका छन्। 

प्रहरीको अनुमतिबेगर पोशाक दुरुपयोग गरिए प्रचलित कानूनबमोजिम कारवाही हुने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति को पुर्ण पाठ

विभिन्न चलचित्र, टेलिचलचित्र, short movies, prank videos, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं:
१- प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं ।
२- प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ ।
३- यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं ।

No photo description available.


 

भर्खरै

सम्बन्धित खबर

Language »