काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएसँगै संख्या ६ सय पुगेको हो ।
मन्त्रालयको विवरण अनुसार प्रदेश १ को झापामा २९ र ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, सुनसरीमा ४६ वर्षीय, ५२ र ६८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
यता, बागमती प्रदेशमा कोरोनाबाट काठमाडौंकी ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष र ललितपुरमा ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै, प्रदेश ५ को रुपन्देहीमा ४७ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।