नेपालगञ्ज,बाँकेमा चाडपर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम वहादुर रानाले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको जानकारी दिनुभयो ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गर्नुभयो ।
नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको प्रहरीले जनाएको छ ।
योजना कार्यान्वयनका लागि ६ सय ५० प्रहरी परिचालन गरिने रानाले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक रानाले सुरक्षायोजना कडाईका साथ कार्यान्वयन गरिने बताउँदै जिल्लाबासीलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्नुभयो