शम्भु उप्रेती
हाम्रो जस्तो अबिकसीत,परनिर्भकतामुखी अर्थतन्त्र भएको मुलकमा सरकारको मात्र मुख ताक्नु र महामारीमा राज्यको एकल जीम्बेबारी तेर्साई सचेत नागरीकको दायित्व पुरा हुन सक्दैन भन्ने तथ्य प्रमाणीत भईसकेको पाईन्छ। कोरोना संक्रमणको दिनानुदिन बडदो संक्रमण बिधमान रहदा लकडाउन या निषेधाज्ञा जारी गर्दाको परीणाम रोगले भन्दा भोकले आक्रान्त पारेको तितो यथार्तताको आमनागरीक भुक्तभोगी बनिसकेको अबस्था हो ।अब कोरोना संगै पैठीजोरी खेल्दै सबै उत्पादन बितरण र सेवा क्षेत्र लगायत शैक्षीक धार्मिक क्षेत्रहरु पून संचालनमा ल्याउनमा ढीलाई सैह्य हुनेछैन।धार्यताको बाध टुटिसकेको र राज्यको लागी तिब्र आलोचना को कारण बन्दैछ ।
हामि आफु जस्तो परिस्थिति,आर्थिक सक्षमता र मानसिकताको मुडमा हुन्छौ प्राय अरुलाई पनि त्यही अबस्थामा रहेको अनुमान गरी ब्यबहार गर्दछौ । आजकल नजानिदो रुपमा संक्रमणको महामारी बिच पनि बर्षमा एकपटक मनाईने रास्ट्रिय चाडपर्बले ख़ुशी र उमंग दिएको छ । आफ्नो गतिविधि र उल्लास सुरक्षित मापदंड नअपनाई अर्को परीचित वा अपरीचित संग ब्यबहार गर्दा अर्थको अनर्थ पनि भईदिन सक्ने तर्फ सचेत नबन्दाको परीणाम पछुतो, मनमुटाव र यदाकदा अपृय पनि बनिदीन सक्ने तर्फ सचेत बन्नु पर्ने देखिन्छ ।
अझ महीनौ देखीको कोरोना संक्रमणको महामारी बाट मानसिक रुपमा बिक्षप्त,त्रास र भयबाट आक्रान्त मानिसहरुको हकमा कुरा झनै गम्भीर र सोचनिय हुदोरहेछ । कोरोना संक्रमणको आधारभूत सुरक्षित मापदण्ड र बिज्ञान सम्बत तथ्य संग अपरीचित मानिसहरुको अबस्था आफैमा बेहाल र पिडादायी बन्दैछ।बनको बागले खाला नखाला मनको बाघले खाएको अबस्था ।
राज्यको जीम्ब्बेबार निकायले निकालेको मापदन्डको पालना नगर्ने र अतिनै भयबित बनि जीबनलाई कठोर परीधीमा बन्दक बनाउदै अरु आफन्त र छिमेकी हरु प्रति भय र अपभ्रंश फैलाउने दुबै पक्ष अतिबादी हुन भन्दा फरक नपर्ला । हुदा खाने र हुनेखाने बर्ग बिचको बाध्यता र पिडाबोध सरकारमा रहनुहुने जीम्बेबार निकायले नज़र अन्दाज गरिरहनु सर्बदा गलत हुनेछ ।बास्तबिकता त यस प्रकारको माहामारीबाट बच्न स्वास्थ्य मापदंड जस्तै निश्चित दुरी कायम गर्दै तोकिएको नमूना मुताबिक़ मास्कको प्रयोग गरी हात र मुखबाट संक्रमणको फैलावट हुनबाट आफुलाई जोगाउने नियमित हात धुने र सफाईलाई उच्च प्राथमिकता दिनु, स्वास्थ बर्धक खाना,योगा ब्यायम र नियमित गतिविधिमा सकृय बनि जीबनको गतिलाई कोरोना महामारी संगै सचेत र सतर्क बन्दै अगाडी बडाउने र आफु शारिरीक र मानसिक रुपमा फीट रहने डाक्टर र बिज्ञहरुबाट जारी गरिएका बिज्ञप्तीहरुबाट प्रमाणित भईसकेको अबस्था हो । आफ्नो परीबारका ज्येस्ठ नागरीकहरु नाज़ुक स्वास्थ्य अबस्था या दम मुटु फोक्सो र श्वास प्रस्वाश समन्धी समस्या भएका हरुमा बिशेष ख्याल गर्नु जरुरी छ । यी बिषयमा हेलचेक्राई गर्नु अक्षम सामाजीक अपराध गरेको अर्थमा बुझ्न बुझाउने जीम्बेबार सरकारको मात्र नभई हामि आम सचेत नागरिक हरुको पनि कर्तब्य हो ।
संसारका कैयो मुलक हरुमा कानुनि रुपमा मापदंड उल्लंघन गर्नै लाई दन्डीत र जरीबाना समेतको कडाईको साथ पालना गराएको पाईन्छ । कम्सेकम नेपालमा मास्कको प्रयोग नगर्ने र मापदंडको उल्लंघन गर्ने हरुमा कानुनी उपचार कडाईको साथ लागु गराउन ढीला भईसकेको आभास हुदैछ।
सार्वजनिक स्थानहरु, पसल ब्यबसाय, पाटीपौवा, भेला जम्मा हुने स्थानहरुमा कम्सेकम आयोजक या ब्यबसाय संचालकलाई कानुनत जीम्बेबार बनाउनै पर्छ ।
सार्वजनिक सवारीसाधन निर्बाध संचालनमा आएको परीपक्ष्यमा बिधालयहरु र धार्मिक स्थल र मठ मन्दीरहरु अझै सम्म बन्द गरीनु र सुरक्षित बिकल्पमा पून संचालनमा ल्याउनुमा बिलम्बको बिकल्प छैन जुन ढीलापन कुनै हालतमा उचित र ब्यबहारीक मानिएको छैन । कोरोना संक्रमणको उचित ब्यबस्थापन र नागरिकको दिनचर्यामा निरन्तरता दिदै पेशा ब्यबसाय लगायत क्षेत्र हरुमा बिना रोकावट निर्बाध संचालन को बाताबरण बनाउने राज्यको जीम्ब्बारी लाई सचेत नागरिक समाजले सहयोगी भूमिका खेल्न जरुरी हुन्छ न की दलगत जस अपजस र औलो ठड्याउनमै आफ्नो कर्तब्य पुरा गरेको ठान्नु ऐतिहासिक महाभूल हुनेछ ।
सर्बसाधरण नागरिक हरुको जीबनको रक्षा गर्ने कर्ममा आआफ्नो स्थानबाट योगदानक गर्नुको आम सचेत नागरिक, दलहरुका पक्ष प्रति पक्ष सबैको यथोचित जीम्ब्बारी हुनेछ ।
नागरिक हरुको दिनचर्या लाई कोरोना कहर संगसंगै सुचारु गर्दै जीबनको संचालनमा अबरोध नहुने बाताबरण सृजना गरी जसरी हिउ, तुषारो,चर्को प्रचन्ड गर्मिमा नियमित गतिविधि त्यही अनुरुप चलाईने गरीन्छ त्यस्कै अर्को पाटो यी र यस्तै आई पर्ने माहामारी हरुमा जीबनको निरन्तरता दिदै सचेत र सतर्कता अपनाई अघी बडनुका सबै बिकल्प हरु फेल खाएको आजको अबस्था प्रति जानकार बन्दै कोरोना फ्रान्डली गतिबीधी अघी बडाउनु समयसापेक्ष निर्णय हुनेछ ।