नेपालगञ्ज, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि इण्डो नेपाल संजाल निमार्ण गरिएको छ ।
ग्रामीण समाज उत्थान केन्द्रका अध्यक्ष मुस्ताक अलि राईको अध्यक्षतामा गठन भएको संजालमा नेपाल र भारतका १७ वटा संस्थाहरुको सहभागिता रहेको छ ।
संजाल सहसंयोजकमा भारतको बहराईचमा रहेको दिहात नामक संस्थाका हुसेनलाई चयन गरिएको संयोजक राईले बताउनु भयो ।
सारा खबर संग कुरा गर्दै राईले भन्नुभयो,दासता, बाध्यात्मक श्रम (बँधुवा मजदुरी वा ऋणी बनाइएका व्यक्तिहरुको श्रम लागयत) र दासतापूर्ण व्यवहारका लागि कुनै पनि व्यक्तिलाई डर, धाक देखाई, जालझेल गरी वा शक्ति÷पदको दुरुपयोग गरी काममा लगाउनु ओसार पसार गर्नु÷एक ठाँउबाट अर्को ठाँउमा लैजानु वा लैजानका लागि सहयोग गर्नु वा आश्रय दिनु वा अरुद्वारा त्यस्तो कामको निम्ति सहयोग प्राप्त गर्नु बेचबिखन भएको बताउदै उक्त कार्यलाई नियन्त्रण गर्नका लागि संजालको गठन गरिएको छ ।