सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मानवअधिकार घुम्ती शिविर


नेपालगन्ज , बाँके र बर्दियामा मानवअधिकार घुम्ती शिविर संचालन गरिएको छ । शिविरमार्फत नागरिकहरुको घर घरमा पुगेर मानवअधिकार सम्वन्धी विभिन्न सन्देशमुलक सूचनाहरु प्रवाह गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आयोजित शिविरमा माइकिग गरेर टोल, समुदायका घरघरमा सन्देश दिइएको हो ।

शिविरमा मानवअधिकारसंग जोडिएका विभिन्न सवाल, केशका बारेमा परामर्श, कानूनी परामर्श, तथा समस्याको पहिचान गरि सम्वन्धित निकायहरुमा रिफर लगायतका विषयमा जानकारी दिइएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।


बाँके डुडुवा गाउँपालिकाको वार्ड नंं ३, ५ र ६ यसैगरि बर्दियाको बढैयाताल गाउँपालिकाको १, २, ३, वडामा घुम्ती शिविर संचालन गरिएको छ ।

संस्थाद्धारा गठित हिंसा निगरानी समुहको सहभागितामा शिविर संचालन गरिएको हो । शिविरमा स्थानीय ६ जना स्वयम्सेवक समेत परिचालन गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »