सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रीय झण्डा दिवसको अवसर मा स्वदेशगान बिमोचन

काठ्माण्डौ,


राष्ट्रीय धरोहर संरक्षण प्रतिष्ठान नेपाल को आयोजना मा आज माईतिघर मण्डलामा राष्ट्रीय झण्डा दिवस को कार्यक्रम आयोजना गरिएको थियो ।


सन् १९६२ डिसेम्वर १६ अर्थात बि . सं. २०१९ पुष १ गतेका दिन संयुक्त राष्ट्रसंघमा हालको राष्ट्रीय झण्डा लाई अंगिकरण गरिएको हुनाले यसै दिन को सम्झनामा बिगत तीन बर्ष देखी यो संस्थाले झण्डा दिवस मनाउन शुरु गरेको आयोजक हरुले बताएका छन् ।


नेपालको संबिधान २०७२ ले दिएको स्प्रष्ट निर्देशन बिपरित अहिलेको सरकार कै निकाय हरुमा समेत झन्डाको प्रयोग सही ढंगमा हुन नसकेकोले यो झण्डा दिवसको महत्व अझ बढेको कार्यक्रमका संयोजक तथा राष्ट्रीय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डब्य ले बताए ।


कार्यक्रम मा रिपोटर्स क्लब मा अध्यक्ष ऋषी धमला , बिस्व हिन्दू युवा संघका ऋषिकेश शाह तथा भ्रष्टचार बिरुद्धा का अभियानता, नेपाल का लागी नेपालीका संयोजक ज्ञानेन्द्र शाही को पनि उपस्थिती रहेको थियो ।


कार्यक्रम मा बोल्दै बिस्व हिन्दू युवा संघका ऋषिकेश शाहले ” हामीहरुले यो नेपाल पहिचाहन र अस्तित्व हामो झान्डा संग गासिएको छ भन्ने कुरा बुझाउन नसकेको कारणनै केहि अज्ञानी हरुले यो प्राण भन्दा प्यारो झण्डा जलाउन उत्साहित भएको ” बताएका छन् ।


कार्यक्रम मा आफु राष्ट्र ,राष्ट्रीयता को पक्षमा बोल्दै भ्रष्ट्रचारको बिरुद्धा मा लागेकै कारण राजावादी को आरोप लागेको भन्दै भ्रष्टचार बिरुद्धका अभियानता/ नेपालका लागी नेपालीका संयोजक ज्ञानेन्द्र शाहीले जातियताको उक्साहटमा लागेर नेपाल को झण्डा जलाउदा समेत नेपालका पाटी हरु तथा तीन का नेता कार्यकर्ता हरु चुईक्क न बोल्नु ले यिनिहरुको देश प्रती को माया सबै ले देख्ने गरी छर्लङ्ग भएको टिप्पणी गरेका थिए ।

यही कार्यक्रमको अवसर पारेर एक स्वदेश गानको समेत अडियो सार्वजानिक गरिएको थियो । राजानन्द माण्डब्य को शब्द र राष्ट्रवादी गायक तिलक बस्नेत को स्वर रहेको यो गित नेपाल , नेपाली र नेपाली झण्डा संग सम्बन्धित भएको हुनाले आजै सार्वजानिक गरिएको कार्यक्रम संयोजक राजानन्द माण्डब्य ले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »