सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह

नेपालगन्ज,उद्योगी, व्यवसायीहरुले कर प्रणालीलाई सरल र सहज बनाउन आग्रह गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय नेपालगन्ज र राजश्व अनुसन्धान कार्यालय, कोहलपुरको संयुक्त सहकार्यमा आज बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्ने व्यवसायीक अगुवाहरुले कर प्रणाली निजीक्षेत्र मैत्री नभएको गुनासो गरेका छन् ।

उनीहरुले कर प्रणालीलाई समयसापेक्ष सुधार नगर्दा निजीक्षेत्रले दुःख पाएको उल्लेख गरेका थिए ।

कार्यक्रममा सहभागि रहेका आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुले समयसापेक्ष कर प्रणालीको विकास गरी त्यसलाई सरल र सहज बनाउने सरकार लागि परेको जनाएका थिए ।
नेपाल सरकारको कर सम्बन्धि परिवर्तित कानूनी व्यवस्थाहरुको बारेमा ‘कर सचेतना तथा अभिमुखीकरण कार्यक्रम’ संघको सभाहलमा सम्पन्न गरिएको थियो ।

कर सम्बन्धी निती नियमका बारेमा जानकारी अभाव हुँदा समस्या झेल्नु परिरहे पछि कानूनी व्यवस्थाका बारेमा प्रशिक्षण दिइएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष आदेशकुमार अग्रवालले गरेका थिए ।


राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक नरनाथ गिरीको प्रमुख अतिथि तथा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर प्रमुख शरद चन्द्र पौडेल र भन्सार कार्यालय नेपालगन्जका प्रमुख जय बहादुर भण्डारी विशिष्ठ अतिथि रहेका थिए ।

साथै संघमा आवद्ध वस्तुगत संघ÷संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र संघका पदाधिकारी एवम् कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले सञ्चालन गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »