नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाको अध्यक्ष गायक युनिक दोङ आफ्नो पाँच वर्षे बसाइलाई विट मार्दै जन्मभूमि नेपाल फर्केका छन् । गाएको दोङलाई संघकै गायक तथा कलाकारहरु महासचिव मिलन दोङ, कोषाध्यक्ष ज्ञान लामा, उपाध्यक्ष सुर्य रुम्बा, सल्लाहकार आशिष मोक्तान, करप रुम्बा लगायतले एउटा औपचारिक कार्यक्रम गरी बिदाइ गरेका थिए । ऊनी नेपाल फर्केसँगै रिक्त हाल अध्यक्ष पदमा सुर्य रुम्बा कार्यबाहक अध्यक्ष रहेका छन् । नेपाल तामाङ कलाकार संघले हरेक वर्ष ल्होछारको अवसरमा नेपालबाट विभिन्न तामाङ कलाकारहरू निम्त्याउँदै साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।