कवीता
– प्रमिला पौडेल
बाग्मतिमा दुई अंजुली पानी उभाएर
प्यासमा तिर्खा मेट्दै निदाएकी म
निन्द्रा बाटै झसंगै ब्युझिंएछु
चारैतिर हेरें आफूलाई
फोहरको बगरमा भेटिछु
वरिपरी हेर्दा रछ्यान नालि मात्रै पो बगेको देख्छु
बाग्मती हराईन भन्दै चिच्याउन थालिछु
म त अर्ध चेतना झैं पागल भएछु
म दिन दहाडै पागल भएछु
मेरी बाग्मती तिमी कहाँ छौ ?
कहाँ लुक्यौं,कता बिस्थापित भयौ??
के मा मिल्यौ कता बिलय भयौं ??
कल कल बग्ने तिमि बाग्मती
चाँदी झैं टल टल टल्किने बालुवामा बिरासित भएर नृत्यंगना झैं
छम छम सुस्केरा हाल्दै नाची नाचि
बग्ने तिमी वाग्मती कहाँ लुकेकी छौ??
निर्धक्क झ्वाम्मै पानीमा डुब्दै
माछाका भुरा खोज्ने
भेट्न नसके सै-साथी गुहार्ने
बाग्मतिमा पडिदै बसेका
जीव जन्तु चराचुरुङ्गी सम्झदै
आज दिन दहाडै पागल भएछु
खै बाग्मती भन्दै दौडिने भएछु
तिज पंचमि जनै पूर्णिमा
बाग्मती बिष्णुमती रुद्रमती
लटरम्मै खोला किनारमा
रम्ने दिदी बहिनि आमा चेलिहरु
शंख घण्टको आवाज घन्किने
पानीका लहर संगैका गुञ्जने ध्वनी
मानौ कोहि शिल्प कलाकारले
संगित कोर्दैछ ध्वनिमा
सम्झदै अवाक्क परेकी छु
सपना हो कि बिपना हो खै ?
नदिनाला सम्झदै म पागल बनेकी छु
बाग्मतीको दशा देखेर
पूर्ण रूपमा क्षत बिक्षत बनेकी छु
के गर्ने कसो गर्ने कहिले गर्ने कसले गर्ने??
म त सार्है बिलखबन्दमा परेकी छु
हासौं कि रोउ
एकोहोरो टोलाउने भएकी छु
यस्ती हुन मेरि बिपनाकि बाग्मति
कल कल पानी बगोस
चराचुरुगिं कर्याङ कुरुङ चिरबिराउन
पानीहास र बकुल्लाले स्वरमा रमुन
नदी दाँयाबाँया ढकमक्क फूल फुलुन
नदिको पानी बहावबाट
बिहानी वाफ माथी माथी खिचुन
सूर्य किरणले ईन्द्रेणी परुन
घैंटो डुबाउदै गरेकी ति परी माथी
यि मेरा सलबलाएका आँखा परुन
आहा!!
कंचन भएर बाग्मती बगुन
कल कल बगेकी वाग्मती हेर्न पाईयोस
हर हर गंगे भन्दै डुबुल्की मार्न पाईयोस
प्यासको तृष्णा मेट्न पाईयोस
माछा पौडिंदाका तरंग हेर्न पाईयोस
सबै नदिनालाले सुस्केरा हाल्दै
हिंउद बर्खा सधैं सुसाएको
सुन्न हेर्न देख्न पाईयोस
ढल मलमुत्र फोहरको खानी नबनोस
वाग्मती गंगा हुन हाम्री आमा हुन
सम्पदा संस्कृति संगै
हामी नेपालिकी ज्यूँदो परिचय हुन
हाम्री बाग्मती सबैकी बाग्मती
राष्ट्र कै सम्मान बोकेकी
सबै खोलानाला कि प्रतिबिम्ब हुन
“बाग्मती”