काठमाडौँ ।
तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछार आज देखि २८५७ औं लाङ ल्हो शुरु भएको छ ।
यही अवसरमा अन्तर्राष्ट्रिय तामाङ परिषद आयोजनामा आधुनिक इन्टरनेटको माध्यमबाट विश्वभर छरिएर रहेको तामाङहरु माझ ल्होछारको शुभकामना दिनका लागि भर्च्युअल कार्यक्रम आयोजना गरेको थियो ।
नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन घोलेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष टासी लामा, महिला उपाध्यक्ष अस्मिता वाइवा लगाएतका थुप्रै तामाङ समुदायका बुद्धिजिवि हरु को उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई भब्यताकासाथ सफलता दिलाउनका लागि वरिष्ट संगीतकार तथा गायक चन्द्र कुमार दोङ, गायिका निर्मला घिसिङ, लक्ष्मी घिसिङ, र नेपाल तामाङ घेदुङ साँस्कृतिक विभागका कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।
आज माघ ३० गते देश व्यापीरुमा सोनाम ल्होछार मनाइरहेका छन् भने नेपाल सरकारले पनि एक दिनको सार्वजनिक बिदा घोषणा गरेको छ ।
कोरोनाको कारणले यसपालीको ल्होछार टुँडिखेलमा मनाउन नपाएता पनि प्रत्येक तामाङहरुमा घरघरमा गाउँगाउँमा विषेश कार्यक्रमको आयोजना गरि मनाइरहेका छन् ।