नेपालगन्ज,जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहद्वारा नेपालगन्ज मेडिकल कलेजलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
कोरोना भाइरस महामारीमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीलाई लक्ष्ति गरेर माक्स, टोपी, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरिएको जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहले जानकारी दिनु भयो ।
कोब्जिड वार्डमा खटिने स्वास्थ्यकर्मीको सुरुक्षाका लागि जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहले स्वास्थ्य सामाग्री प्रदान गरेको जिल्ला सदस्य शाहको भनाई छ ।
जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहले आज एक कार्यक्रमका बिच मेडिकल कलेज नेपालगञ्जका सहायक निर्देशक डाक्टर रोमान किदवाईलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै डा. किदवाईले महामारीमा पाएको उक्त सामग्रीले ठूलो सहयोग पुर्याएको बताउनु भयो। उहाँले स्वास्थ्यकर्मी र कर्मचारीहरु आफ्नो ज्यानको प्रबाह नगरि बिरामीको उपचारमा खटिएको बताउनु भयो ।
नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत कर्मचारी र कोभिड वार्ड्मा काम गर्ने नर्सहरुलाई सर्जिकल टोपी ८०० पिस, सर्जिकल माक्स ८०० पिस, एन नाइन्टी फाइप माक्स १६० पिस, सर्जिकल पन्जा १३० पिस र सेनिटाइजर १६० पिस प्रदान गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहले बताउनुभयो । जनता समाजवादी पार्टी (जसपा)नेपाल बाँकेका जिल्ला सदस्य मजहर अली शाहले सामाजिक दायित्व तथा मानवीय धर्म निर्वाह गर्नु भएको छ , जिल्ला सदस्य शाहले समेत बताउनुभएको छ ।