सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई बाँके युनेस्को क्लबद्धारा खाद्यान्न सहयोग


नेपालगन्ज, कोरोना भाइरसको संक्रमणका कारण अभिभावक गुमाई समस्यामा परेका बर्दिया जिल्लाका बालबालिकालाई बाँके युनेस्को क्लबले सहयोग गरेको छ ।

प्लान नेपालको सहयोगमा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत बर्दिया गुलरिया नगरपालिकाका महामारीमा अभिभावक गुमाएका ७ जना बालबालिकालाई खाद्यान्न लगायतका सहयोग उपलब्ध गराईएको क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । उहाँले कोरोनाका कारण ज्यान गुमाएकाहरुको बालबालिका मध्ये ७ जनालाई क्लबले र ३ जनालाई नगरपालिकाले सहयोग गरेको बताउनुभयो ।

कोरोनाले गर्दा मृत्यु भएका गुलरिया नगरपालिका ६ का ४ जना बालबालिका र वडा नम्बर ७ का एक जना तथा वडा नम्बर ३ का २ जना बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो । उहाँले सहयोग गरिएका बालबालिका मध्ये ५ जनाका आय आर्जन गरेर घर खर्च चलाउने अभिभावकको मृत्यु भएको र वडा नम्बर ३ का दुई बालबालिकाको पिता र आमा दुबैको कोरोनाबाट निधन भएको जनाउनुभयो ।

बालबालिकालाई बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण प्रसाद शर्मा र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसी लगायतले सहयोग हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्मा र महिला बालबालिका शाखाका प्रमुख तिला शाहकको पनि उपस्थिति रहेको थियो । वडा नम्बर ६ र ७ का बालबालिकालाई जनही ८ हजार ३६० रुपियाँ बराबरको खाद्यान्न तथा वडा ३ का आमा बुवा दुबै गुमाएका एकै घरका दुईजना बालबालिकालाई १२ हजार रुपियाँको खाद्यान्न वितरण गरिएको क्लबका कार्यक्रम संयोजक विसीले बताउनुभयो ।

उहाँले यसअघि बसेको बाल अधिकार समितिको बैठकले महामारीका कारण बालबालिकाको अवस्थाको समिक्षा गर्दै अभिभावक गुमाएका बालबालिका निकै समस्यामा परेकोले उनिहरुलाई सहयोग गर्नुपर्ने निष्कर्श निकालेको बताउनुभयो । सोही अनुरुप ती बालबालिकालाई राहात वितरण गरिएको जनाईएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »