नेपालगञ्ज, लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड बराबरको बजेट मंगलबार प्रदेशसभामा सार्वजनिक गरेको छ । बजेटमा यसपटक पनि नेपालगञ्जलाई महानगरपालिका बनाउन बजेट छुट्टाइएको छ ।
चालु आर्थिक वर्षमा ३७ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा साढे ३ अर्ब बढीको बजेट ल्याएको हो । मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक, मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।