सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री पाटेश्वरी आधारभूत बिद्यालयमा छात्रबृति र सेनेटरी प्याड बितरण


नेपालगन्ज, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१८ भुजईगाउँ स्थित रहेको श्री पाटेश्वरी आधारभूत बिद्यालयमा छात्रबृति र सेनेटरी प्याड बितरण गरिएको छ ।

बिद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा साहू समाज समितिका अध्यक्ष हंशराम साहू प्रमुख आतिथ्यमा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवराम वर्माको अध्यक्षतामा सम्पन्न छात्रबृति बितरण कार्यक्रमश्री पाटेश्वरी आधारभूत बिद्यालयकी शिक्षिका माला केसीलाई प्रमुख अतिथि, माला,अबीर तथा दोसल्ला ओढाएर बिदाई गरिएको थियो ।

May be an image of 8 people, people standing, grass and tree

बि.सं. २०५२ सालमा स्थापित भएको श्री पाटेश्वरी आधारभूत बिद्यालयमा ८–९ वर्ष देखि शिक्षिका माला केसीले अध्यापन गराउँदै आएकी थिन । बि.सं. २०४०÷०१÷२३ गते देखि शिक्षण पेशामा क्रियाशील भएर बिभिन्न बिद्यालयमा अध्यायन गराउँदै आउनु भएको र उहाँले पढाएका बिद्यार्थीहरुले ठूलो ठूलो ओहदामा पनि पुगेको बताइन ।

May be an image of 4 people and people standing

उहाँ गत बैशाख महिनामैं सेवा निबृत हुनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि हंशराम साहूले सबै अभिभावकले आ–आफ्नो बालबालिकालाई शिक्षा आवश्य दिनुहोस् । शिक्षाले नै उज्वल भविष्य बनाउँछ । बिद्यालय व्यस्थापन समितिकी सदस्य सायरा अन्सारीले आ–आफ्ना बालबालिकाहरुलाई बिद्यालय आवश्य पठाउनुहोस् किन भने जब तपाईंको बालबालिका पढेलेखेर शिक्षित हुन्छन् तब मात्र घर र समाजको विकास हुन्छ ।

May be an image of 5 people and people standing

बिद्यालयबाट प्राप्त गरेको छात्रबृतिको रकमले बालबालिकाहरुको कापी कलम, पोशाक नै खरीद गर्नका लागी अनुरोध गर्नृुभएको थियो । कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरुमा राम नरेश नाउँ, बिनोद कसमार नाउँ, महिला सदस्य सायरा अन्सारी, ममता शर्मा, सल्लाकारहरुमा रण प्रसाद राना, बलराम वर्मा, गोकुल चमारको उपस्थित रहेको थियो ।

May be an image of 6 people and people standing

May be an image of 12 people and people standing

बिद्यालयकी प्रधानाध्यापक भृकुटी तारा शाहीका अनुसार १ कक्षा देखि ७ कक्षा दलित छात्र र सम्पूर्ण छात्रा गरी १ सय ६२ जनालाई रु. ४००÷– रुपैयाका दरले प्रमुख अतिथि तथा सल्लाहकार हंशराम साहू र गोकुल चमारले बितरण गर्नु भएको थियो भने सोही कार्यक्रममा सेनेटरी प्याड पनि बितरण गरिएको थियो कार्यक्रममा बिद्यालयका शिक्षक ओम प्रकाश त्रिपाठी, करुणा सिंह, सीता उप्रेती, सुन कुमारी थापा, रुपा बिष्ट, सुष्मा केसी, उमा श्रीवास्तव, नोकी क्षेत्री लगायतको सहभागिता रहेको थियो । सो बिद्यालयका शिक्षक ओम प्रकाश त्रिपाठीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »