काठमाडौं , उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जसपाको केन्द्रीय समिति बैठक आज बसेको छ। आज दिउँसो केन्द्रीय समितिको पहिलो बैठक बसेको हो ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। बैठकमा जसपाका नेता महन्थ ठाकुरलगायत उनी पक्षका नेता उपस्थित छैनन् । पार्टी संगठन सुदृढीकरणलगायत एजेन्डामाथि छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो ।
बैठकपछि सारा खबरलाई जानकारी दिदै जनता समाजवादी पार्टी नेपाल (जसपा)का कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले बैठकले समसायमिक राजनीतिक परिस्थितिबारे प्रदेश स्तरीय अभिमुखिकरण गर्ने निर्णय गरेको छ । बैठकमा सरकारमा सहभागीताका बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।