नेपालगन्ज, जनता समाजवादी पार्टी नेपाल जानकी गाउंपालिका बांकेले संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिएको छ।
आज जानकी ५ मा आयोजित एक कार्यक्रमका बीच धर्मराज हरिजन बिजय बर्मा मुन्नु गोडिया दिनेश हरिजन कौशल घोसी सुरज बर्मा सन्तोष यादव लगायत ५७ जना पार्टी प्रवेश गरेका छन ।
नव प्रवेशीहरुलाई जसपा केन्द्रिय सदस्य राजेश बर्मा जिल्ला अध्यक्ष कमरुद्दीन राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य त्रिवेणी प्रसाद बर्मा क्षेत्र न. ३ जनता समाजवादी पार्टीका अध्यक्ष राजीव बर्मा, जनता समाजवादी पार्टीका ( जसपा ) जानकी गाउंपालिका अध्यक्ष धर्मराज बर्मा जसपा क्षेत्र न. ३ का उपाध्यक्ष अब्दुल करीम इद्रिसी(शकील ) शिव कुमार बर्माले खादा ओढाई पार्टी प्रवेश गराउनु भयो ।
सोही कार्यक्रममा गणेश बर्माको अध्यक्षतामा २१ सदस्यीय समाजवादी युवा संघ तथा पुजा खटिकको अध्यक्षतामा १५ सदस्यीय समाजवादी महिला संघ गठन गरिएको छ । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दिन राईले जानकारी दिनु भयो ।