नेपालगञ्ज, बाँके युनेस्को क्लबको ३२ औं साधारणसभा भव्यतापुर्वक यहाँ सम्पन्न भएको छ । एक भव्य कार्यक्रमका विच सो साधारणसभाको उदघाटन् गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले नेपालगन्ज लगायत बाँके र बर्दिया जिल्लामा लामो समयदेखि क्लबले उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले कोभिड नियन्त्रणदेखि बाल संरक्षण, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा क्लबले विशेष सहकार्य गरेर काम गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो ।
नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले देशभरिकै युनेस्को क्लबहरुमध्ये यो क्लब सबैभन्दा बढी सक्रिय र उत्कृष्ट कार्य गर्ने क्लब रहेकोले आफु सधैं क्लबका कार्यक्रमहरुमा आइरहने बताउनुभयो ।
उहाँले समाजको विकासमा यो क्लबले गरेको योगदान अतुलनिय रहेको जनाउँदै गैर सरकारी संघसंस्थाहरुका लागि उदाहरण बनिसकेको बताउनुभयो ।
नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारले यो क्लबले युनेस्कोको महान लक्ष्यलाई पुरा गर्न दिनरात खटेर काम गरिरहेको जनाउँदै यसबाट अन्य सामाजिक संघसंस्था शिक्षा लिनुपर्ने बताउनुभयो ।
सोही प्रकारले युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सह सचवि डा. बाबुराम अधिकारीले युनेस्कोले हरेक क्षेत्रमा काम गर्ने उल्लेख गर्दै बाँके युनेस्को क्लबले गरेका कामहरु अतिनै प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले विश्वभरकै युनेस्को क्लबहरुमध्ये यो क्लबपनि उत्कृष्टको सुचिमा पर्ने बताउनुभयो । क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा क्लबका महासचिव मिना तुलाधरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बर्षभरि गरिएका कार्यक्रमहरुको जानकारी गराउनुका साथै आगामी वर्षको कार्यक्रमहरु पनि जनाउनु भएको थियो ।
सो अवसरमा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, मदरसा ईस्लामिया संघका पुर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग, क्लबका सल्लाहकारहरु निरज गौतम र मो.हारुन कादरी, क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, जिल्ला बाल क्लब सन्जाल बाँकेका अध्यक्ष मेनुका रावत र क्लबका कार्यसमिति सदस्य साहिल अन्सारी लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा बर्षभरि उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरु लक्ष्मी चौधरी, आशा कुमारी सुनार, खिम बहादुर थापा, अनुप कुमार वर्मा र दयाराम चौधरीलाई नगदसहित एक्सिलेन्ट एअर अवार्ड प्रदान गरिएको थियो भने ४ जना कर्मचारीहरु साजिद अलि सिद्दिकी, शान्त कुमार चौधरी, बसन्त कुमार विसी र ईश्वर विक लाई बेस्ट एप्रिसिएसन सम्मान प्रदान गरिएको थियो ।
सोही अवसरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी लगायत अन्य अतिथिहरुले विभिन्न परियोजनाका कर्मचारी र सल्लाहकारहर सहित भेन्डर लगायत अन्य सहयोगीहरुलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
साधारणसभाको बन्द सत्रले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णयहरु गरेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।