भक्तपुर, भक्तपुरमा निकै नै संवेदनशील मानिने मानव अंग घुँडाको सफल प्रत्यारोपण भएको छ । हाडजोर्नी सम्बन्धि उपचारलाई विशेष प्राथमिकता दिंदै स्थापना भएको भक्तपुर इन्टरनेशनल हस्पिटलले शनिवार बिहान हाडजोर्नी उपचारको क्षेत्रमा यो निकै ठुलो सफलता प्राप्त गरेको छ । अस्पतालको हाडजोर्नी बिशेषज्ञ डा. राम कृष्ण श्रेष्ठ अध्यक्षताको टिमले उक्त अपरेसन सफलता पुर्वक सम्पन्न गरेको हो ।
हाडजोर्नी सम्बन्धि सम्पुर्ण सेवा तथा अपरेसन गर्ने लक्ष्यका साथ अगाडी बढेको अस्पतालले आगामी दिनमा कुनै पनि विरामी भक्तपुर छोडेर अन्यत्र जानु नपर्ने अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालले हाडजोर्नी , मुटुरोग, न्युरोलोजीलाई बिशेष प्राथमिकता दिंदै भक्तपुर जिल्लाबासीलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न भक्तपुर इन्टरनेशनल अस्पताल टिम काममा जुटेको उहाँले बताउनुभयो ।
अस्पतालले आधुनिक बिशेष प्रकृतीकाे अपरेसन मेसिनहरु प्रयाेग गरि बिभिन्न राेगहरुकाे बिशेषज्ञ डाक्टरहरुकाे बाट सेवा दिइरहेकाे समेत उहाँले जानकारी गराउनु भयाे । भक्तपुर नगरपालिका वडा नम्बर १, दुधपाटी निवासी चन्द्र लक्ष्मी कक्षपतिको घुँडा फेरिएको हो ।