काठमाडौँ । वरिष्ठ संगीतकार तथा तामाङ समुदायका स्वर सम्राट चन्द्र कुमार तामाङको प्रमुख आतित्थ्यतामा सामाजिक अभियान्ता रजनी तामाङले अनाथ बालबालिकाका लागि रु.बीस हजार, आर्थिक रूपमा विपन्न चिनी माया तामाङलाईरु. एक लाख पचास हजारको जीवन बीमा गरिदिएका छन् ।
सामाजिक अभियान्ता रजनी तामाङले जन्मदिनको अवसर पारेर आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सामाजिक अभियान्ता तथा कानुनका विद्यार्थी रजनी तामाङले उक्त आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोग पाउनेमा joint disabled unity awaz center मा रहेका ४८ जना बालबालिकाहरु र आर्थिकरुपमा विपन्न चिनी माया तामाङको दुई बच्चाहरु रहेका छन् ।
पत्रकार भेटघाटमा तामाङ समुदायका महानायकको रुपमा चिरपरिचित अमिर दोङ, युवा व्यवसायी रोशन कुमार दोङ, शब्द रचनाकार कुमार स्याङ्बा, मिसन समृद्ध नेपालका अध्यक्ष सुदिन लामा दोङ, लगाएतका व्यक्तिहरुको उपस्थिति रहेका थिए ।
कार्यक्रममा पत्रकार छेडुप दोङ तामाङले जन्मदिनको अवसरमा यसरी अनाथ बालबालिकालाई सहयोग गरेर मनाउनु नै मानव सेवाको धर्म हो । हामी सबैले पाठ सिक्नु पर्छ भन्दै शुभकामना दिनुभएको थियो । शब्द रचनाकार कुमार स्याङ्बाले यसरी नै हरेक व्यक्तिले समाज प्रति उत्तरदायी भएर काम गरेमा सामाजिक संस्कार परिवर्तन गर्न गाह्रो नहुने बताउनु भयो ।
प्रमुख अतिथि तथा वरिष्ठ संगीतकार गायक चन्द्र कुमार दोङले अष्ठबक्रको उदाहरण दिएर मानवीय चरित्रको बारेमा बुद्ध प्रवचन दिनु भयो । उहाँले भन्नु भयो “अष्ठबक्र साँच्चिकै रुपमा कुरुप थिए तर उनको सोच्न सक्ने क्षमता भने अदभुत थियो । त्यसैले उनलाई राजा जनकले सम्मानका साथ दरबारमा स्वागत गर्नु भएको थियो । त्यसैले मान्छेको मन राम्रो हुनु पर्छ । मन राम्रो भयो भने कर्म पनि राम्रै गरिन्छ र त्यसबाट प्राप्त फल मिठो हुन्छ । जसको कसैले कुरा काट्न सक्दैन । यसैले रजनी तामाङले जन्मदिनको अवसरमा आमा-बुबा नभएका व्यक्तिहरुलाई अथवा अनाथ बालबलिकालाई सहयोग गर्नु भएको छ । त्यो नै धर्म हो ।”