नेपालगन्ज , राप्रपा बाँकेको जिल्ला अधिबेशन अन्तर्गत् निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को सभापतिमा मो. सफिक बेहना निर्बाचित भएका छन् ।
कडा प्रतिस्पर्धाका बीच भएको मतदानमा बेहनाले गौरब चन्दलाई १३ मतले पराजित गर्दै सभापति पदमा बाजी मारेका हुन् । कुल ६४ मतमा बेहनाले ३७ र चन्दले २४ मत ल्याएका थिए । बेहना नेपालगन्ज वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आफू निर्बाचित भए पश्चात् सभापति बेहनाले पार्टीलाई मजबुत बनाउनेतर्फ सबैलाई लाग्न आग्रह गरेका थिए ।