सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संयुक्त पत्रकार सम्मेलन मार्फत बैकल्पिक रानैतिक शक्ति निर्माणको घोषणा

काठमाडौं । नेपाल लाकतान्त्रिक पाटी ,थरुहट थारुवान अभियान, नेवा अभियान,दलित अभियान ले हेरीटेज कटेज सानेपामा एक संयुक्त पत्रकार सम्मेलन गर्दै बैकल्पिक रानैतिक शक्ति निर्माणको घोषणा गरेका छन् ।
देशमा बिकसित राजनैतिक घटना क्रमले बैकल्पिक रानैतिक शक्तिको माग गरेकोले नयाँ पाटी निमार्ण गरेर अगाडी बढ्नेगरी यो पत्रकार सम्मेलन गरीएको बताईएको थियो ।
साझा बिचार ,सामुहिक नेतृत्व, सामुहिक निर्णयको अवधारणमा पाटी सन्चालन हुने गरी बिधान बनाईने प्रेस बक्तब्यमा जनाइएको छ ।
१९५० को असमान सन्धि देखि एम सि सि सम्म आइपुग्दा देश पुरै पराधिन भैसकेकोले बिस्तारै यहाँका रैथाने र आदिबासी हरु बिस्तापित हुने संकेत देखिएकोले देशमा नयाँ धारको राजनैतिक शक्ति आवश्यकता परेको बक्तब्यमा भनिएको छ ।
नेपाल लाकतान्त्रिक पाटीका भानुराम डंगोरा थारु ,थरुहट थारुवान अभियान का श्रवण थारु , नेवा अभियानका सुमन सायमी ,दलित अभियानका प्रेम बि सि को हस्ताक्षर रहेको बक्तब्यमा आत्मािर्भरता , स्वाधिनता , सह अस्तित्व , वातावरणिय सन्तुलनलाई मिलाउँदै नेपाली माटोले मागेको पुर्ण लाकतान्त्रीक सिदान्तमा आधारीत राजनैतिक शक्ति निर्माण गर्न प्रतिबद्ध रहने पनि जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »