काठमाडौं । नेकपा (एकिकृत समाजवादी) काभ्रे जिल्लाको नेता तथा संविधान सभा सदस्य विदुर सापकोटाको प्रमुख आतित्थ्यतामा काठमाडाैँ काभ्रे तेमाल ठुलो पर्सेल सम्पर्क मञ्च गठन भव्यताका साथ सम्पन्न भएकाे छ ।
तेमाल काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा सम्पन्न भएको कार्यक्रममा किरण थापा मगरको अध्यक्षतामा २३ सदस्य कमिटि गठन गरेको हो ।
कार्यक्रमा काभ्रे जिल्ला कमिटीको सचिव दिपक गौतम विशेष अतिथिको रुपमा रहेका थिए भने तेमाल गाउँपालिका कमिटीको अध्यक्ष तथा जिल्ला कमिटी सदस्य प्रदिप लामा, काभ्रे जिल्ला महिला संघको अध्यक्ष तथा जिल्ला सदस्य पासाङ डोल्मा तामाङ, जिल्ला कमिटी सदस्य सिजन लामा, युवा संघ नेपाल केन्द्रिय स्थाइ सदस्य तथा जिल्ला सदस्य समिप त्रिपाठ्ठी, युवा संघ केन्द्रिय सदस्य विकास लामा, शंकर त्रिपाठ्ठ, टिकालाल तामाङ, पाल्छाङ मोक्तान, सुर्य तामाङ, ङेमा लामा, लगाएतका नेताहरु अतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
काभ्रेको तेमाल गाउँपालिकालाई नेकपा (एकिकृत समाजवादी) पार्टीलाई नेकपा (एमाले)को तुलनामा कमजोर पार्टीकोरुपमा हेरिएको छ तर तेमाल काठमाडौँ सम्पर्क मञ्च, ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्च गठनको माहोल देख्दा नेकपा (एमाले) भन्दा ठुलो पार्टीको रुपमा माहोल सृजना हुँदै गएको देखिन्छ । नेकपा एमालेले अहिलेसम्म तेमाल गाउँपालिकामा पुर्णरुपमा संगठन विस्तार गर्न सकेको छैन ।
नेकपा (एकिकृत समाजवादी)मा नयाँ युवाहरु आकार्षण बढ्दोरुपमा देखापरेका छन् । धेरै भन्दा धेरै युवाहरुले सहभागीता जनाएर तेमालमा नेकपा (एकिकृत समाजवादी)को छुट्टै माहोल सृजना भएको छ ।
कार्यक्रम तेर्साङ तामाङ (माेक्तान)काे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
ठुलो पर्सेल काठमाडौँ सम्पर्क मञ्चको २३ कार्य समितिहरु
अध्यक्ष: किरण थापा मगर,
उपाध्यक्ष: पुर्ण राना,
सचिव: समिस लामा (पाल्च्योर)
सहसचिव: उषा तामाङ,
सदस्यहरुमाः
शक्ति माझी,
पेम्बा तामाङ,
सविन तामाङ,
जिवन तामाङ,
सुदिप आले मगर,
भिम बहादुर तामाङ,
सुमिन सिजाली,
अर्थमान मोक्तान,
जगत तामाङ,
डिले तामाङ,
सम्तेन तामाङ,
जिवन राना मगर,
उत्तम त्रिपाठ्ठी,
धर्म सिं तामाङ,
दावा तामाङ (छाप)
इन्द्र तामाङ,
सुमन तामाङ,
डिल्ली मैनाली,
तेज बहादुर सिजाली,