सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमसीसीबारे सरकार नै मौन , ताप्के नताती बिँड मात्रै तातेर नहुने ओलीको भनाइ

काठमाडौं । केपी शर्मा ओलीले एमसीसीबारे एमाले सकारात्मक रहेको संकेत गरेका छन् । सम्पादकहरूसँगको छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा अग्रसरता लिनुपर्ने सरकार मौन बसेको भन्दै आफ्नो मात्र चाहनाले एमसीसी पास नहुने बताएका हुन् । “एमसीसीबारे हामीसँग परामर्श गर्नुभएको छैन । सरकारले यसमा रुचि र चासो राखेको छैन । हामीसँग त १०० सिटको हाराहारीमा छ । हामी उफ्रिएर मात्रै के हुन्छ ?,” ओलीले भने, “ताप्के नताती बिँड तारेर के हुन्छ ?” उनले सत्ता गठबन्धनमा १६५ सिट रहेको भन्दै उसले चाहे एमसीसी पास हुने र नचाहे फेल हुने बताए ।

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दा एमसीसीबारे केही नबोलेकाले आफूले सम्झाएपनि अहिलेसम्म स्पष्ट रूपमा नबोलेको बताए । “एमसीसी गर्ने पार्टी कांग्रेस र माओवादी हुन् । दुईटा गठबन्धनका नाइके पनि हुन्,” ओलीले भने, “न्यूनतम कार्यकम र नीति तथा कार्यक्रममा नदेखिएकाले मैले संसद्मा सम्झाएँ । सरकारले बिर्सिएको त होइन भनेँ । अहिले पनि जान्न चाहन्छु, एमसीसीमा सरकारको के हो दृष्टिकोण ?” ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित गर्न खोजे पनि सभामुखको असहयोगका कारण सम्भव नभएको बताउँदै आएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »