सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा युवा विद्यार्थीलाई सूचनाको हक सम्वन्धी अभिमुखीकरण


मंसूर अली इद्रिशी
नेपालगंज, २८ सेप्टेम्बर सूचनामा विश्वव्यापी पहुँच अन्र्तराष्टिय दिवस नेपालगन्जमा आज पनि मनाइएको छ । सूचनामा सबैको पहुँच तथा थाहा पाउने अधिकार अन्र्तगत दिवसको सम्झनामा सूचनाको हकलाई कार्यन्वयनमा जोड दिइएको हो ।


दिवसको अवसरमा नेपालगन्जको निम्बल क्लेजका युवा विद्यार्थीहरुलाई सूचनाको हक सम्वन्धी एक दिने अभिमुखीकरण गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचनाको हकका बारेमा सबैले थाहा पाउने भनेर अभिमुखीकरण गरेको हो ।


अभिमुखीकरणमा करिब ४७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सूचना अभियन्ता अधिबक्ता विश्वजित तिवारीले सूचनाको हक, यस सम्वन्धीको कानूनी व्यवस्था, र कार्यन्वयनको अवस्था लगायतका बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरणमा निम्बल कलेजका संचालक सुनिलकुमार गुप्ता, प्रिन्सीपल शतिस थापा, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, कार्यक्रम संयोजक टेकनाथ आचार्य, सूचना अभियन्ता शैलेन्द्र कुमार बैश्य लगायतले बोल्नुभएको थियो ।


संस्थाले सूचनाको हक सम्वन्धी ऐन २०६४ लाई कार्यन्वयन गर्न सरोकारवालासंग पहल गर्दै आएको छ । बाँके जिल्लामा अझै पनि ऐन पूर्ण रुपमा कार्यन्वयन भएको पाइन्दैन ।

सूचनाको हक सम्वन्धी प्रचार प्रसार तथा दबाब अभियान संचालन भएपछि सार्वजनिक निकायहरुले सूचना अधिकारी तोक्ने, सूचनाको हकका बारेमा निवेदन दर्ता गर्ने र सूचना उपलब्ध गराउन थालेको सूचनाको हक जिल्ला अनुगमन समितिले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »