सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आश्विन १४ गते देखी सिटी सेन्टरमा महिला चेम्बरको १५ दिने व्यापार मेला शुरु हुँदै

काठमाडौ । नेपाल महिला चेम्बरले अति महत्वको चाडबाड दशैलाई लक्षित गरि यहि आश्विन १४ गते देखी दशै बिशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ ।उक्त मेला देशको राजधानी काठमाडौंको कमलपोखरी स्थित सिटीसेन्टरमा संचालनमा आउन लागेको हो ।

मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिनेछ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहने छन् ।

आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको जानकारी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।

सिटी सेन्टर एशोसियसन पार्टनर रहेको यस मेलाको प्रबर्धन साझेदारमा सोचेको डटकम र मिडिया साझेदारमा सरोकार टिभी रहेको महिला चेम्बरकी महासचिव लिमा अधिकारीले जानकारी दिएकी छिन्।

भर्खरै

सम्बन्धित खबर

Language »