सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनकोसी ३ जलविद्युत अयोजनाको ”सार्वजनिक सुनुवाई” कार्यक्रम सम्पन्न

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा सुनकोसी ३ जलविद्युत आयोजनाको सन्दर्भमा विद्युत विकास विभागको आयोजनामा सलाम सिं तामाङको प्रमुख आतित्थ्यतामा सार्वजनिक सुनुवाई कार्यक्रम असोज ११ गते सोमवार वडा नं. ९ को बुद्ध किरण आधारभुत विद्यालयमा सम्पन्न भएको छ ।

नेपाल सरकार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले सुनकोसी ३ जलविद्युत आयोजना (६८३) को वातावारण प्रभाव मुल्याङ्कनको मस्यौदा प्रतिवेदनको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना भएको हो ।

पैतालीस किलोमिटर लामो जलाशयमा निर्माण हुन लागेको सुनकोसी ३ जलविद्युतबाट प्रभावित क्षेत्रको बासिन्दाको गुनासो सुन्नका लागि र त्यसको समाधान कसरी गर्न सकिन्छ भनेर यो सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना भएको वडा नं. ६ ठुलो पर्सेलको वडाध्यक्ष तथा सार्वजनिक सुनुवाई कार्यक्रमको सभापति विकुलाला तामाङले सारा खबरलाई जानकारी दिनुभएको छ ।

सार्वजनिक कार्यक्रममा प्रभावित क्षेत्रका घर परिवारलाई उचित स्थानमा पुनस्थापन गरिनु पर्ने र जनताले पाउनु पर्ने मुअबजा उचित मुल्यमा पाउनु पर्ने स्थानीयको माग रहेको कार्यक्रमको सभपति विकुलाल तामाङले जानकारी दिनुभयो ।

प्रमुख अतिथि सलाम सिं तामाङले जनताको मागलाई सम्बन्धि निकायबाट कार्यन्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »