मंसूर अली इद्रिशी
नेपालगन्ज , बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफ्ना आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् ।
गुप्ताले आफ्ना भाइसहितका आसेपासे लगाएर रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा पत्रकार महासंघ कार्यसमितिका सदस्य जावेद अन्सारी र माउन्टेन टिभीका पत्रकार रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् ।
स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकारद्धय अनसारी र घिमिरेलाई आइतवार उनका भाइसहितका आसेपासेले दुव्र्यवहार गरेका हुन् ।
फरक पार्टीमा आस्था राखेकै कारण वडाअध्यक्ष गुप्ताले स्थानीयलाई सिफारिसबाट बञ्चिन गर्ने गरेको सेवाग्राहीले गुनासो गर्दै शुक्रबार वडा कार्यालयमा तावाबन्दी गरेका थिए । घटनामा प्रहरी समेत मुखदर्शक बनेर बसेको स्थानीयको भनाइ छ । पीडित तिर नलागेर प्रहरीले पनि वडाअध्यक्ष र तीनका कार्यकर्ताहरुलाई साथ दिएका थिए ।
प्रहरीले पत्रकारलाई समेत धक्काएका थिए । यसैबीच पत्रकार महासंघले पत्रकारमाथि भएको दुव्र्यवहारको निन्दा गरेको छ । महासंघका सचिव कमल डाँगीले आज विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष गुप्ता नेतृत्वको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासको भत्र्सना गरिएको हो ।
पत्रकारद्धय अनसारी र घिमिरेले सिफारिसको विषयमा समाचार लेखेको भन्दै वडाअध्यक्ष गुप्ताले भाइसहितको अरुलाई उचालेर आक्रमण गर्न निर्देशन दिएका थिए ।
प्रहरीकै सामुन्ने भएको उक्त घटनाको महासंघ भत्र्सना गर्दछ विज्ञप्तीमा भनिएको छ । घटनास्थलमा रहेका असइ एसके चौधरीले पत्रकारलाई सुरक्षा दिनुको साटो समाचार संकलन गरिरहेका पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेको भन्दै आपत्ती जनाइएको छ ।
पीडकलाई कारवाही गरि पीडितलाई न्याय दिन महासंघले सम्बद्ध सरोकारवालासँग माग गरिएको छ ।