नेपालगन्ज, सभ्य समाज नेपालको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । स्वागत मन्त्ब्य संस्थाका उपाध्यक्ष पुस्पा सुनारले गर्नु भएको थियो । सो साधारण सभा कार्यक्रमको प्रमुख अतिथि गैरसरकारी संस्था महासघं, बाँकेका अध्यक्ष नमस्कार शाहले सभ्य समाज नेपालले ग्रामिण क्षेत्रमा सचेतनामुलक कार्यक्रम र बाल विवाह विरुद्ध अभियान सन्चालन गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।
सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य हिक्मत विक, नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक सोम गुरुङ्ग, युवा अभियान्ता राजन बर्मा, पवन जयसवाल, श्री मा.बि.बिद्यालय बन्जारे गाउँका प्रधानाध्यापक तथा समाजबादी शिक्षक सँघ बाँकेका अध्यक्ष आदित्य बर्मा लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा उत्कृष्ठ कर्मचारी उदयराज जयसवाललाई घोषणा गरिएको थियो । ५ औ साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिएको छ ।
नव निवार्चित कार्य समितिमा अध्यक्षमा पुनः सूर्यलाल यादव उपाध्यक्षमा पुस्पा सुनार, महासचिवमा भिष्म लोध, सचिवमा, सोम गुरुङ्ग, कोषाध्यक्षमा मिना पुन भने सदस्यहरुमा दिपक बज्राचार्य, हसिना मुकेरी, रमेश यादव र रेणु सिहको ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरिएको सभ्य समाज नेपालका नव निवार्चित अध्यक्ष सूर्यलाल यादवले बताउनुभयो । ५ जना बिद्यार्थीलाई शैक्षिक सामाग्री पनि वितरण गरिएको थियो ।