सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शाहरुख खानका छोरा आर्यन खानको जमानतको सुनुवाई शुरु

बलिवुड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको सुनुवाई मंगलबारबाट शुरु भएको छ । मुम्बईस्थित बम्बे उच्च अदालतमा मंगलबारदेखि शुरु भएको सुनुवाई आजपनि जारी रहने ।
मंगलबार शुरु भएको सुनुवाईमा आर्यनको पक्षका वकिलहरूले आफ्नो पक्ष राखेका छन् । आर्यनका वकिलहरुले जमानत हुने केस भएको दलिल पेश गर्दै अदालतलाई जमानत दिन तर्क गरेका छन् ।

अब बुधबार आर्यनका पक्षका साथै नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का वकिलले आफ्नो पक्ष राखेपछि अदालतले फैसला गर्ने बताइएको छ । हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि यसअघि सेशन कोर्टले आर्यनलाई जमानत दिन अस्वीकार गरेको थियो । यसअघि आर्यनको जमानत याचिका दुई पटक अस्वीकार भएको छ ।

गत अक्टोबर २ देखि हिरासतमा रहेका आर्यन मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको दाबि गरेको छ । तर मिडिया रिपोर्टका अनुसार आर्यनले ड्रग्स खाएको र ड्रग्स बरामद भएको नभेटिएको उल्लेख गरिएको छ । अदालतले आर्यनसहित पक्राउ गरेका सबैलाई न्यायिक हिरासतमा पठाए पछि उनीहरु अहिले जेलमा रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »