सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छुट सुविधाले खाद्य व्यवस्थाकाे चामल सकिन थाले

जुम्ला । जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ,तिहार र छठ पर्वलाई लक्षित गरेर वितरण गरिरहेको छुट सुविधाको चामल सकिन थालेको छ ।

जिल्लाको सात वटा गाउँपालिकालाई ७ सय क्वीन्टल र चन्दननाथ नगरपालिकालाई ३ सय क्वीन्टल चामलको कोटा तोकेको थियो । दसैँका बेला यहाँका नागरिकले अत्यधिक रुपमा चामल लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यान्न सकिन थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ तिहार छठलाई लक्षित गरेर एक हजार क्वीन्टल चामल कोटा छुटयाएको थियो । कम्पनीका प्रमुख तिलक सुनारले भन्नुभयो ,” छुट सुविधाको चामल लिनेको भिड लाग्ने गरेको छ ।छुट सुविधाको चामल वितरण गर्न थालेपछि उपभोक्ताको भिड लाग्न थाल्यो । चामल सकिन थालिसकेको छ ।

कम्पनीको रेकर्ड अनुसार ९ सय २२ दशमलव ६० क्वीन्टल चामल बिक्री भइसकेको छ । अहिलेकै दरमा विक्री भएको खण्डमा तिहार, छठ सम्म छुट सुविधाको खाद्यान्न अभाव हुने व्यापार कम्पनीका प्रमुख सुनारले बताउनुभयो । ” हाल छुट सुविधाको चामल ७८ क्वीइन्टल मात्रै बाँकी छ । चामल लिनेहरूको भिड रोकिएको छैन । थप एक हजार क्वीन्टल चामल पठाउन माग गरिएको छ ।

माग गरेको चामल आइपुगेको खण्डमा चामल अभाव हुनेछैन । तर त्यो चामल आएन भने चामल अभाव हुने छ । यहाँको आवश्यकता बमोजिम १ हजार क्वीन्टल मागेका छौँ । केन्द्रले ५ सय क्वीन्टल चामल पठाउने जनाएको छ । छुट सुविधाको चामल जुम्लामा गत असोज एक गते देखि वितरण शुरु भएको थियो ।

हाल सम्म १हजार ५ सय ३७ जनाले सो चामल लिएकाे व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा जुम्लाले जनाएको छ । यही कात्तिक १ देखि ३ गते सम्म परेको अबिरल बर्षाका कारण धानबालीमा क्षति पुगेपछि किसान भोकमरी हुने त्रासमा छन ।

अब झनै छुट सुविधाको चामल किन्नेको घुइचो लाग्ने देखिएको छ । कम्पनीका अनुसार जिल्लाको पातारासी गाउँपालिका र चन्ददनाथ नगरपालिकाबासीले छुट सुविधाको चामल अत्यधिक प्रयोग लिएका छन् । अन्य स्थानीयतहले निकै कम मात्रमा चामल लिएका छन ।

व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयबाट ४ लाख ६३ हजार रुपैयाँ बराबरको छुट सुविधाको चामल विक्रि भएको कम्पनीले जनाएको छ । छुट सुविधा बाहेकको साढे ७ सय क्वीन्टल मौज्दात रहेको र थप ६ हजार क्वीन्न्टल चामल आयात भइरहेको कम्पनीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »