सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनलाई कुरुक्षेत्र नबनाउन प्रचण्डलाई केपी ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनलाई कुरुक्षेत्र बनाउने धृष्टता नगर्न चेतावनी दिएका छन् । मंगलबार अयोध्याधामको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चितवनलाई प्रचण्डले कुरुक्षेत्र बनाउने प्रयास गरेको भन्दै आपत्ति पनि जनाए । ‘अनि कुरुक्षेत्र चाहीँ किन बनाउने ? उहिले बैंस सम्झेर कुरु क्षेत्रका कुरा गरेर हुन्छ ?’, प्रचण्डको नम लिँदै ओलीले भने, ‘प्रचण्डले उहिले एकै पटक बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्ने त्यही बैंश सम्झेर कुरु क्षेत्र बनाउने सोचेको होलान् । अब कुरु क्षेत्रसेत्र होइन यो ।’उनले अब चितवन कुरुक्षेत्र बन्न नसक्ने भन्दै शान्ति र धार्मिक क्षेत्र बन्ने बताए । ‘धर्म क्षेत्र हुन्छ यहाँ । शान्ति क्षेत्र हुन्छ यहाँ । पवित्र भूमि हुन्छ यहाँ । विकास, एकता र मेलमिलाप क्षेत्र हुन्छ यहाँ । अनि कुरुक्षेत्र ?’, ओलीले प्रश्न गरे । उनले भने, ‘कुरुक्षेत्र नै गर्न खोजेको हो भने म उहाँलाई भन्न चाहान्छु–कौरवहरुले जितेका थिएनन् कुरुक्षेत्रमा, पाण्डवहरुले जितेका थिए । जो युद्ध चाहँदैन थिए, उनीहरुले जितेका थिए । जो युद्ध चाहन्थे उनीहरुले हारेका थिए । कुरु क्षेत्र किन बनाउछु भनेको भन्दा सीता राम यहाँ प्रतिमा स्थापना भयो भनेर ।’उनले पर्यटक ओइरिने र दुनियाँको दर्शनीयस्थल बन्ने भन्दै अर्को पटक पर्यटन मन्त्रालयले दश पर्यटकीय स्थलमा घोषणा गर्नुपर्ने बताए । उनले केही समयपछि चितवन मन्दिर नै मन्दिर हुन लाग्यो भनेर कुरुक्षेत्र बनाउँछु भनेर प्रचण्डले भनेको आरोप लगाए । ओलीले चितवन प्रदेश ३ मा पर्नुमा राजधानी रहेको प्रदेश चीन र भारत दुवैसँग सम्वन्ध हुनुपर्छ भनेर संविधान बन्ने बेलामै आफूले जोड दिएको बताए । ‘यो ठोरी क्षेत्रलाई बागमती प्रदेशको सिमाना भारतसँग जोड्ने बनाउने र गण्डकी प्रदेशको सीमाना बर्दघाट भन्दा पूर्वको जमिनलाई गण्डकी प्रदेशमा सामेल गरेर भारतसँग जोड्नेमा मैले धेरै जोड गरेँ’, ओलीको भनाइ छ । उनले कर्णाली प्रदेश पनि भारतसँग जोड्ने प्रयास गरेको बताए । ‘बाँके बर्दिया कर्णाली प्रदेशमा राखौँ भनेको थिएँ । तर उहाँहरुलाई के सोच भयो कुन्नी राजधानी नेपालगञ्ज जान्छ भनेर हो कि क्या हो उहाँहरु आत्तिनुभयो’, ओलीको आरोप छ ।

भर्खरै

सम्बन्धित खबर

Language »