सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ९औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नं ३ लाई कार्यक्षेत्र बनाएर आफ्नो कृयाकलापहरु गरीरहेको प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
युवा ब्यबसायी,समाजसेवी तथा तरुण दलका प्रभावशाली नेता ईश्वर लामाको प्रमुख आतिथ्य र प्रतिस्पर्धा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष निरन मंगराती को शभापतित्व मा भएको कार्यक्रम संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण पराजुलीले संचालन गरेका थिए ।
कार्यक्रमा चन्द्रागिरी ३ का वडा सदस्य शोभा मंगराती , भ्रष्टाचार बिरुद्ध अभियानका अभियन्ता तथा सरसफाइ अभियन्ता डि.बि. पराजुली,चुनदेवि बचत तथा ऋण सहकारीका अध्यक्ष नरेन्द्र साही ,जनचाहना उपभोक्त सहकारीका उपाध्यक्ष हरिदास अमात्य, परिश्रमी सहकारीका सचिव जयराम प्र. लुइटेल ,जेष्ठ नागरिक पन्चनारायण महर्जन लगाएतको आतिथ्यता रहेको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष निरन मंगरातीले बार्षिक प्रतिबेदन र कार्ययोजना ,कोषाध्यक्ष बिकास राना मगरले आर्थिक प्रतिबेदन,लेखा सुपरिवेक्षण समिति संयोजक कृष्ण पराजुलीले लेखा समितिको प्रतिवेदन,ऋण उप समिति सदस्य कबिराज चापागाईँ ले आगामी बर्षको अनुमानित वजेट प्रस्तुत गरेका थिए ।
हाल सम्म रु. ८,२७,९३० शेयर पुँजी भएको यस संस्थाले यो आर्थिक बर्षमा रु ३,६५,१०९खुद मुनाफा हासिल गरेको छ ।
अनौपचारीक रुपमा १० मोटीभेटर गू्रप बनाएर ११ बर्ष अगाडी बिभिन्न सामाजिक काममा समेत सकृय युवाहरुको टिमले आफ्नो पकेटमनि बाट बचाएर संकलन गरेको सानो पूँजी को यो सहकारी ९ बर्ष सम्म निरन्तर कृयाशिल रहनु पनि आफैंमा गौरवपुर्ण रहेको कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले संकलित पुँजीलाई उत्पादनको क्षेत्रमा लगाएर आम युवाहरुलाई रोजगारी दिन सके सहकारीको महत्व अझ बढ्ने भएकोले यसरीनै अगाडी बढ्न सल्लाह दिदै यस्ता युवाहरुको हरेक योजनामा आफुले सक्दो सहयोग गर्ने बताएका छन् ।
कार्यक्रममा उत्कृष्ट बाल बचत प्रियान्स तामाङ ,उत्कृष्ट सदस्य सिद्धीलाल महर्जन ,पूर्व कर्मचारीहरु रिता मंगराती, सेतीदेवी लाई सम्मान गरीएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »